एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले लाभांश पाउने

२८ बैशाख २०७८, मंगलवार १२:४२

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ । कम्पनीले भोलि बुक क्लोजको मिति तोकेकोले आजसम्म शेयर किन्नेहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले मिति २०७८ जेठ १० गते बस्ने वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस र कर प्रायोजनका लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सोही साधारणसभा प्रयोजनको लागि भोलिदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीको २६ औं वार्षिक साधारणसभा प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजे भिडियो कम्फरेन्समार्फत सुरु हुने जनाएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*