अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२८ बैशाख २०७८, मंगलवार १३:०४

काठमाडौं । अपि पावर कम्पनीको २९ प्रतिशत हकप्रद प्रायोजनको लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले तोकिएको हकप्रद सुरक्षित गर्न वैशाख २८ गतेसम्मको मिति तोकिएको हो ।

वैशाख २९ बाट बुक क्लोज गर्ने भएकोले आजसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । जसमा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट फेरि २९ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*