२७ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको मात्रै ७६ करोडको शेयर कारोबार

२८ बैशाख २०७८, मंगलवार १६:०६

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद बिक्री भएको छ । शेयर मूल्य बृद्धि भएकोले नेप्से परिसूचक २७.४७ अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २६७३.३१ पुगेको छ । आजको कारोबार मूल्य १.०४ प्रतिशतले बृद्धि भएको छ ।

सोमबार सबै उपसूचकहरु हरियाली देखिएको छ । बैंक, बीमा कम्पनी, होटल समुह, लगानी समुह, फाइनान्स तथा लघु वित्त कम्पनीहरु सबै सूचांक हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समुहको ५.७९ प्रतिशत मूल्य बृद्धि भएको छ । निर्जिवन बीमा समुहको १.३१ प्रतिशत र जीवन बीमा समुहको १.५६ प्रतिशतले मूल्यबृद्धि भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको चार लाख ९३ हजार ८२९ कित्ता शेयर आज एकै दिन खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*