यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२८ बैशाख २०७८, मंगलवार १६:१६

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचीकृतमध्ये आज २ सय २० कम्पनीका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा शेयर कारोबार भएको छ।आज पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

अपी पावरको २० करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १५ करोड ९७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १४ करोड १७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ८३ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ५ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १० करोड ८५ लाख रुपैयाँ र साल्ट ट्रेडिङको १० करोड ५२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*