भोलिबाट सबै बीमा कम्पनीहरु बन्द गर्ने उपत्यका प्रशासनको निर्णय, सरकारी र संस्थानहरु समेत बन्द हुने

२८ बैशाख २०७८, मंगलवार १९:४६

काठमाडौं । राजधानी उपत्यकामा भोलिबाट बीमा सेवा बन्द हुने भएको छ । आज बसेको तीन वटा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट राजधानी उपत्यकामा अत्यावश्यक सेवा प्रवाह गर्ने निकाय सहितका बीमा, सार्वजनिक निकाय समेत बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार एकै दिन २२५ जनाको मृत्यु भएपछि उपत्यका प्रशासनले सार्वजनिक सेवा प्रवाहमा थप कडाई गरेको हो ।

उपत्यकाको प्रशासनले भोलिबाट पास बिनाका सवारी साधन सडकमा हिड्न नदिने निर्णय समेत गरेको छ । यसअघि बीमा समितिले प्रत्येक कम्पनीलाई १५ वटा पास लिएर निश्चित मात्रामा शाखा कार्यालयहरु खुल्ला राख्ने अनुमति दिएको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा भोलिबाट जिल्ला प्रशासन कार्यालयको पासबाहकलाई मात्रै सडकमा आवत जावत गर्न अनुमति हुनेछ । अत्यावश्यक सेवा अन्तर्गत पानी, ग्याँस, खाद्यान्न, औषधी, आईसोलेशन व्यवस्थापन मात्रै सञ्चालन अनुमति हुनेछ । त्यस्तै एम्बुलेन्स, प्रेस, कुरियर तथा डाँक सेवा, छापाखाना सम्बन्धी ढुवानी प्रयोजन खुलाएर सडकमा आवत जावत गर्न दिने जनाइएको छ ।

उल्लेखित बाहेकका सेवाहरुलाई मन्त्रालय तहबाट पास लिएको भएमा सकडमा यात्रा गर्न दिने जनाइएको छ । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा कम्पनी लगायतको सेवा प्रवाह स्थगत गर्ने र न्यूनतम् कर्मचारी मात्रै राखेर कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय आज काठमाडौं उपत्यकाका तीन वटै प्रशासनले गरेका छन् ।

सो आधारमा भोलिबाट सबै बीमा कम्पनीबाट प्रवाह हुने सेवा बन्द हुनेछ । बैंकका शाखाहरु समेत सीमित मात्रामा खुल्ला हुने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*