रगत अभाव भएपछि जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम संचालन हुँदै

२८ बैशाख २०७८, मंगलवार १९:४५

काठमाडौं । रगतको चरम अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण रगतको अभाव हुन थालेपछि जेठ १ गते, शनिबार काठमाडौंको रातोपुल नजिकै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिड–१९ विरुद्ध पूर्ण सावधानी अपनाइने र प्रहरीसंगै सहकार्य गरिने अटो नेपाल मासिकका सञ्चालक भुषण श्रेष्ठले जानकारी दिए ।

उक्त दिन रक्तदातालाई रक्तदान गर्ने स्थानसम्म आउन र जानको समेत व्यवस्था गरिने उनले बताए । उक्त रक्तदान लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेन्ड्स, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा हुन लागिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीलाई पनि रगत अभावले अपरेसन रोकिने गरेकाले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस्का अध्यक्ष भुषण कुमार श्रेष्ठले भने, “यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुईदुई हप्तामा रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ । यस्तो अवस्थामा हामी बाहिर निस्कँदैनौँ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*