शेयर कारोबार नरोकिने, ब्रोकर कार्यालय भने बन्द हुने

२८ बैशाख २०७८, मंगलवार २०:२९

काठमाडौं । एकै दिन २२५ जनाको कोरोना भाइरसबाट मृत्यु भएपछि काठमाडौं प्रशासनले भोलिबाट सकडमा कडा गर्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी सूचना अनुसार भोलिबाट स्टक ब्रोकर अफिसहरु खोल्न पाइने छैन ।

स्टक ब्रोकरका कार्यालयहरु खुल्ला गर्न अनुमति नभएपनि शेयर कारोबार भने हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका सिईओ चन्द्र सिंह साउदले शेयर कारोबार धेरैजसो अनलाइनबाटै हुने भएकोले भोलि देखि सुरु हुने कडा निषेधाज्ञामा स्टक मार्केट भने खुल्ला हुने जानकारी दिए । उनले सर्वसाधारणले घरैमा बसेर पुँजि बजार सम्बन्धी कार्य सुचारु राख्ने सम्बन्धमा नेप्सेले प्रयास गरिहेको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचनामा स्कट मार्केट सम्बन्धी निकायलाई पासको व्यवस्था गरेको छैन । सहजीकरण गरेर क्लीयरेन्सको लागि सीमित मात्रामा कर्मचारी राखेर कार्यालय सञ्चालनको व्यवस्था गरिने नेप्सेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*