एमालेका सांसद चौलागाईको कोरोनाबाट निधन

२९ बैशाख २०७८, बुधबार ००:०६

काठमाडौं । एमालेका नेता तथा बागमति प्रदेशका सांसद पशुपति चौलागाईको आज कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । राजधानीको मनमोहन अस्पतालमा नेता चौलागाईकोे निधन भएको सो पार्टी स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणपछि चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो । चौलागाईका दोलखाबाट हाल बागमति प्रदेश सभामा सांसद छन् । उनी पूर्व मन्त्री समेत हुन् ।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*