नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

२९ बैशाख २०७८, बुधबार ०७:५४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन बीमा कोषमा कोरोना महामारीकै बीचमा झण्डै सात अर्बले बृद्धि गर्न सफल भएको हो । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार जगेडा कोष महाविपत्ति कोषको आकार समेत बृद्धि गर्दै कूल ४१ अर्ब ३१ करोड ९७ लाखको कोष बनाउन सफल भएको छ । नेपालको तेस्रो कम्पनीको रुपमा वित्तीय कारोबार गर्दै आएको नेशनल लाइफ नेपालकै पुरानो जीवन बीमा कम्पनी मध्येमा पर्दछ ।

तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार २०३ रुपैयाा चुक्ता पुँजि भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख ७० हजार ७२९ रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिको तुलनामा कम्पनीले २.२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत वर्षको यहि अवधिमा ३१ करोड ५६ लाख २१ हजार ३४९ रुपैयाँ नाफा आर्जन गरेको थियो ।


चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीको खुद बीम शुलक ५३.६८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा पाँच अर्ब ६५ करोड ७१ लाख ५२ हजार ८८३ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा यस आवको सोही अवधीमा आठ अर्ब ६९ करोड ३९ लाख २९ हजार २९३ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको नौ महिनामा आठ अर्ब ९५ करोड ४९ लाख ६० हजार ७३० रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको दावी भुक्तानी ५२ प्रतिशतले बृद्धि भएको देखिन्छ । गत आवमा एक अर्ब ८६ करोड ५७ लाख ७० हजार ४१९ दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा दुई अर्ब ८३ करोड ९५ लाख ९० हजार ८९५ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट भएको आम्दानी भने १७ प्रतिशतले मात्रै बृद्धि भएको छ । कोरोना महामारीका बैंकको ब्याज घटेको कारण आम्दानीमा ह्रास आएको देखिएको हो । समीक्षा अवधीमा कम्पनीले दुई अर्ब ३९ करोड १७ लाख २६ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै कम्पनीको व्यवस्थापन खर्च ५९.४४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा४९ करोड ६३ लाख ४० हजार ३३० रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको चैत्र मसान्त सम्ममा ७९ करोड ३० लाख ६३ हजार १४५ रुपैयाँ खर्च गरेको छ ।

अभिकर्तालाई वितरण गरेको कमिशनमा ६५ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा ५८ करोड भन्दा बढि कमिशन वितरण गरेको कम्पनीले चालु आवमा ९७ करोड ३० लाख ६३ हजार १४५ रुपयाँ अभिकर्तालाई कमिशनबापत वितरण गरेको छ ।

कम्पनीको तेस्रो त्रैमासिक अवधिसम्ममा कायम पोलिसी संख्या ९ लाख १७ हजार ९५० रहेको छ । गत आवको तुलनामा कम्पनीको पोलिसी १७.०३ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १२.६८ रुपैयाँ, प्रतिशेयर नेटवर्र्थ १३२.०१ रुपैयाँ, पिई अनुपात ९१.०१ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४०८.३९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*