प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको कोरोनाबाट निधन

२९ बैशाख २०७८, बुधबार १०:४४

काठमाडौं । देशेभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बीमा क्षेत्रमा पनि अप्रिय घटनाहरु घट्ने क्रम जारी छ । यसैबीचमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

गत असोजमा स्वतन्त्र सञ्चालकको रुपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा चधयन भएका राजेन्द्र काफ्लेको कोरोना संक्रमणबाट हिजो अपरान्ह काठमाडौंमा निधन भएको छ ।

उनको मंगलबार साझ ४ बजेर ३५ मिनेटमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
प्राइम लाइफ इन्स्योरेन्समा चार जना संस्थापक र दुर्ई स्वतन्त्र गरी जम्मा छ जना सञ्चालकहरु थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*