अजोड इन्स्योरेन्सको लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी नियुक्त

२९ बैशाख २०७८, बुधबार ११:१६

काठमाडौं । अजोड इन्स्योन्स लिमिटेड कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ ।

कम्पनीको २०७८/०१/०८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणमा मदन निरौला एण्ड कम्पनी, चार्टर्स एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको हो ।

कम्पनीले आगामी आ.व. २०७७/७८ को विवरण प्रमाणीकरण र कर लेखापरीक्षण समेतको कार्य गर्नका लागि मदन निरौला एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षकको रुपमा नियुक्ती गरेको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*