स्वास्थ्य संकटकाल लगाउने तयारी

२९ बैशाख २०७८, बुधबार ११:१०

काठमाडौं । देशमा कोरोना भाइरसको प्रकोप नियन्त्रण बाहिर जान लागेपछि सरकारले स्वास्थ्य संकटलकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिजो आयोजित डिजिटल पत्रकार सम्मेलनमार्फत आम जनतालाई धैर्य धारण गर्न आग्रह गर्दै अक्सिजन आपूर्ति व्यवस्थापनको सम्बन्धमा ठोस प्रयासहरु भइरहेको बताए ।

मन्त्री त्रिपाठीले कोरोना भाइरसका कारण मुलुकमा गम्भिर परिस्थिति सिर्र्जना गरेकोले स्वास्थ्य संकटकाल लगाउन मन्त्रिपरिषदमा सिफारिस गरिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सम्भवतः भोलि बस्ने मन्त्रिपरिषदले स्वास्थ्य संकटकाल लगाउन सक्ने मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

पर्याप्त मात्रामा अक्सिजनको व्यवस्थापन गर्न नसकेको, कोरोनाबाट मानिसको मृत्यु हुने क्रम बढ्दै गएकोले स्वास्थ्य व्यवस्थालाई राज्यको नियन्त्रणमा ल्याउन यस्तो निर्णय गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*