यी दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

२९ बैशाख २०७८, बुधबार ११:४९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्य आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ ।

नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनश शेयरमा शेयरमूल्य समायोजन र अपि पावरको हकप्रद शेयरमा शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।

नेप्सेले एभरेष्ट इन्स्योरेन्स (EIC) ले ८ प्रतिशत बोनस दिन प्रायोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७२० रुपैयाँ शेयरमूल्य कायम गरेको छ । मंगलबार कम्पनीको शेयर ७७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी नेप्सेले अपि पावर (API) को २९.३८ प्रतिशत हकप्रद शेयरममा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २९६ रुपैयाँ मुल्य कायम गरेको छ । गत बुधबार ३५३ रुपैयाँमा कारोबार भएको अपि पावरको हकप्रद शेयर आज २९.३८ प्रतिशत हकप्रद शेयर २९६ रुपैयाँमा कारोबार हुनेछ ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*