नेप्से सामान्य अंकले बढ्यो, उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक अंक बृद्धि

२९ बैशाख २०७८, बुधबार १५:३२

काठमाडौं । साताको चौथो दिन वुधवार नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज ० दशमलव ५६ अंकले मात्र बढेको हो । नेप्से उपसमुहमा रहेका १३ समुहमा ७ समुह बाहेकका अन्य समुह आज राताम्मे भएको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक १००.६६ अंकले बढेको छ । त्यसलगत्तै हाइड्रोपावर समूहमा ३१.७९ अंक र निर्जीवन बीमा समूहमा ३१.६ अंकले बढेको छ । त्यस्तै विकास बैंक समूहमा ३.८१ अंक, वित्त समूहमा १५ अंक, म्युचुअल फण्ड समूहमा ०.०६ अंक र लगानी समूहमा ०.७६ अंकले बढेको छ ।

यसबाहेकका अन्य समूह आज राताम्य भएको हो । राताम्य हुने समूहहरुमा बैकिङ समूहमा ३.४२ अंक र व्यापार समूहमा ४१.२ अंकले आज घटेको हो । त्यस्तै, होटल तथा पर्यटन समूहमा ६.९६ अंक, अन्य समूहमा १९.२१ अंक, लघुवित्त समूहमा १७.८ अंक र जीवन बीमा समूहमा ६६.८६ अंकले आज यी ६ समूह घटेको हो ।

आज बुधबार २१५ कम्पनिले एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर किनबेच गर्दा पाँच अर्ब ३२ करोड ६ लाख ५२ हजार ८०१ रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*