अरुण भ्यालीको ५२ लाख ४१ हजार कित्ता हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

२ जेष्ठ २०७८, आईतवार १०:२६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको ५२ लाख ४१ हजार १९७ कित्ता शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो हकप्रद शेयरमा आवेदन दिन आजसम्मको समय सीमा तोकेको थियो । कम्पनीले हाल कायम शेयरमा १००ः५० हकप्रद शेयर निष्काशन खुला गरेको हो । उक्त शेयरमा आवेदन दिन अरुणभ्याली हाइड्रोपावरको शेयर हुनुपर्दछ । कम्पनीले तोकेको बुक क्लोज मिति चैत ९ गते तोकेकोले चैत्र ८ गतेसम्म कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*