घर बसेको अवधीको पूरा तलव भुक्तानी गर्न बीमा समितिको निर्देशन, संक्रमित कर्मचारीको उपचार खर्च बीमा कम्पनीले व्यहोर्ने

२ जेष्ठ २०७८, आईतवार १०:५३

काठमाडौं । कोरोना संक्रमित भई कुनै पनि बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई त्यसरी बिराम भइ घर बस्दाको अवधीका सम्पूर्ण तलव भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको निर्देशन अनुसार बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारी कोरोना संक्रमण भएमा सो को सम्पूर्ण खर्च तथा पिसिआर परिक्षण शुल्क समेत बीमा कम्पनीले व्यहार्न बीमा समितिले सबै कम्पनीहरुलाई निर्देशन दिएको हो ।

निर्देशन अनुसार बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले कोरोना संक्रमण भएमा आफ्नो हाजिरीमा वर्क फ्रम होम लेख्न पाउने भएका छन् । समितिको निर्देशन अनुसार कुनै पनि कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा निजका सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको कोरोना परिक्षण शुल्क समेत कम्पनीले व्यहारेर परिक्षण गर्न भनेको छ ।

त्यस्तै, बीमा समितिले कार्यालयको कामले फिल्डमा खटाइएका कर्मचारीलाई कार्यालयमा बोलाउँदा कम्पनीकै खर्चमा पिसिआर परिक्ष गराई नेगेटिभ रिपोर्ट सहित कार्यालयमा उपस्थित गराउनुपर्ने जनाइएको छ ।

बीमा समितिले शुक्रबार जारी गरेको निर्देशनमा बीमा कम्पनीहरुमा कार्यरत कोरोना संक्रमण नभएका तर लकडाउनका कारण कम्पनीले घरैमा बस्न निर्देशन दिएका अन्य कर्मचारीहरुको हकमा केही स्पष्ट पारेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*