कर्पोरेट नेपालद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार सहयोग

२ जेष्ठ २०७८, आईतवार ११:११

काठमाडौं । आर्थिक क्षेत्रको अनलाईन सञ्चार माध्यम कर्पोरेट नेपालले राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बिजकेयर नेपाल प्रा.लि.ले सञ्चालन गरेको सो अनलाईन सञ्चार माध्यताको सातौं बार्षिकोत्सवको अवसरमा कोरोना महामारीमा विभिन्न आविस्कार मार्फत सहयोग गर्दै आएको केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बिज केयर नेपालका अध्यक्ष तथा कर्पोरेट नेपालका अध्यक्ष सिताराम बिलासीले आविस्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनलाई शनिबार कार्यालयमा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) महामारी संक्रमण तीब्र भइरहेको बेला आविस्कार केन्द्रले महामारी नियन्त्रणका लागि सुरक्षित स्वाव संकलन गर्ने बुथ लगायतका उपकरणहरु सहयोग गर्दै आएको छ । राष्ट्रिय आविस्कार केन्द्रले अक्सिजन ग्यासको ठूलो अभाव भइरहेको बेला त्यो अभाव कम गर्न अक्सिजन प्लान्टहरू मर्मत गर्ने, हिमाल आरोहणका क्रममा प्रयोग हुने अस्किजन सिलिण्डरहरू संकलन गरी प्रयोगमा ल्याउने, तत्कालको अक्सिजनको समस्या समाधान गर्न अस्पतालहरूमा मिनि प्लान्टको प्रविधि विकास गर्ने, हरेक दिन सयौंको समस्यामा पीपीईहरू उत्पादन गरी निःशुल्क वितरण गर्ने जस्तो कामहरू गर्दै आएको छ ।

बिज केयर नेपालका अध्यक्ष तथा सम्पादक सीताराम विलासीले विषम परिस्थितिका कारण बार्षिकोत्सव मनाउन नसकिएकोले उक्त प्रयोजनका लागि विनियोजित रकम आविस्कार केन्द्रलाई सहयोगस्वरुप प्रदान गरिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*