एनएमबी बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री आजदेखि खुल्ला, बार्षिक ८.५% ब्याज पाइने

२ जेष्ठ २०७८, आईतवार १२:२१

काठमाडौं । एनएमबी बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ ।

बैंकले साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि जारी गरेको हो । अंकित मूल्य एक हजार रुपैयाँका दरले ऋणपत्रका लागि कम्तिमा पनि २५ कित्ताका दरले आवदेन दिन सकिने एमएमबी बैंकले जनाएको छ ।

ऋणपत्र आवदेनको लागि छिटोमा जेठ ५ गतेसम्म र पर्याप्त आवेदन नपरेमा जेठ १६ गतेसम्म आवेदन दिने समय थप हुने कम्पनीले जनाएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । बंैकका अनुसार प्रत्येक ६÷६ महिनामा व्याज भुक्तानी हुनेछ ।

बैंकले जारी गरेको कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गर्ने छ भने सामूहिक लगानी कोषहरुलाई बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको छुट्याएको छ । बाँकी रहेको ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*