नेप्सेमा छलाङ, एकै दिन १० अर्ब बढिको कारोबार, ५४ अंकले बढ्यो परिसूचक

२ जेष्ठ २०७८, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन तथा जेठ महिनाको पहिलो दिन पुँजि बजारमा उछाल आएको छ । एकै दिन झण्डै १० अर्ब बढिको कारोबार भएको छ भने नेप्से परिसूचक पनि उच्च अंकले बृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.४१ अंकले बढेर २७३८.५० अंक कायम भएको छ । आइतबार समग्र शेयर मूल्य २.०३ प्रतिशतले बृद्धि भएको हो ।

नेप्सेका अनुसार आइतबार सबै सूचांकहरुमा हरियाली छाउँदा कूल १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*