यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी, पुनर्बीमाको मात्रै ८५ करोडको खरिद बिक्री

२ जेष्ठ २०७८, आईतवार १५:३९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आइतबार झण्डै साढे दश अर्बको शेयर खरिद बिक्री भएको छ । सो मध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २० लाख तीन हजार ७६१ रुपैयाँमा पाँच लाख २१ हजार ७८८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

दोस्रो नम्वरमा एनसीसी बैंकको धेरै शेयर कारोबार भएको छ । कम्पनीको ३१ करोड ५७ लाख ५८ हजार ३८ रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल पूर्वाधार बैंकको ३९ करोड ४९ लाख ९० हजार ५४६ रुपैयाँमा पाँच लाख ४६ हजार ३५६ कित्ता शेयर कारोबार भएको छ ।

चौथो नम्बरमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । सो कम्पनीको २५ करोड ७१ लाख १८ हजार ६९२ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै पाँचौ नम्वरमा शिखर इन्स्योरेन्सको धेरै शेयर खरिद बिक्री भएको छ । उक्त कम्पनीको २३ करोड ७५ लाख तीन हजार ३१४ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको २३ करोड २४ लाख नौ हजार ८२९ रुपैयाँको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको २२ करोड ५८ लाख चार हजार ५२१ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको २१ करोड, नबिल बैंकको २१ करोड र अरुण कावेली पावर कम्पनीको १८ करोड रुपैयाको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*