नेपाल टेलिकमले भोलिबाट नयाँ प्याकेज सुरु गर्दै, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

२ जेष्ठ २०७८, आईतवार २३:४५

काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु गर्ने भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर सोमबारबाट भीओएलटीइ सेवा परीक्षण गर्न लागेको जनाएको छ ।
टेलिकमले प्रिपेड तथा पोष्टपेड दुवै नेटवर्कमा भीओएलटीइ एकैसाथ परीक्षण सुरु गर्न लागेको हो । सेवा उपलब्ध भएसँगै भ्वाइस कलमा हाइ डेफिनेसन स्तर एवं फोन डायल गर्नासाथ सम्पर्क स्थापित हुने दाबी टेलिकमको छ । फोरजी एक्टिभ भएका सिमकार्डका लागि लन्च गर्न लागिएको नयाँ प्याकेजमा सेवा सुचारु गर्दा १०० मिनेटसम्म सित्तैमा कुरा गर्न पाइने टेलिकमले जनाएको छ ।

उक्त नयाँ सेवा एक्टिभ गर्नको लाग ८४४४३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । सेवा सुरु गर्न चाहने प्रयोगकर्ताले मोबाइलको सेटिङमा गएर भीओएलटीइ कल फर एनटीसी सीम इनेबल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

लगत्तै मोबाइल फोनको नेटवर्क देखिने स्थानमा भीओएलटीइको संकेत देखिने बताइएको छ । उक्त संकेत देखिएपछि ८१११३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । टेलिकमले आफ्नो फोरजी नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने एक सय मिनेट भीओएलटीइ सुविधा एकपटकका लागि निःशुल्क पाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*