नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणबाट निधन

३ जेष्ठ २०७८, सोमबार ०६:५५

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ ।

४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन भएको हो ।

लामो समयदेखि नेपा लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको अनुभवी बीमा कर्मचारी थिईन् । ४७ बर्षिय श्रेष्ठ पछिल्लो समय स्वयम्भु शाखामा प्रमुखको जिम्मेवारीमा थिईन् । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट राजधानी काठमाडौंमै शाखा प्रमुखको निधन भएपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी तथा बीमा अभिकर्ताहरु शोकमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*