अपि पावरको ५६ लाख कित्ता बढि हकप्रद शेयर निष्काशन

३ जेष्ठ २०७८, सोमबार ११:३८

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ २० गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले जेठ २० गतेबाट असार ९ गतेसम्म हकप्रद शेयरको लागि आवेदन दिन सकिने अवधि तोकेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

वैशाख २९ गते कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रायोजनका लागि एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले तोेकेको समय वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आवेदन दिनका लागि आवेदककर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यालय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*