लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

३ जेष्ठ २०७८, सोमबार ११:४४

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा यही जेठ २८ गतेको लागि आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी १६ औं साधारणसभाको मिति घोषणा गर्दै बुक क्लोज मिति समेत तय गरेको छ ।

कम्पनीले आव २०७६।०७६ को बार्षिक साधारणसभा आयोजना गर्न लागेको हो । उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर शेयर र पाँच प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित हुनेछ ।

कम्पनीले साधारणसभामा नियमित प्रस्तावको रुपमा वित्तीय विवरणहरु पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने कार्यहरु गर्नेछ । साधारणसभामा सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन गर्ने प्रस्ताव समेत अघि बढाएको छ ।

साधारणसभा प्रयोजनको लागि आगामी जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि हिजो बसेको सञ्चालक समितिले निर्णय गरेको कम्पनी सचिव देवेन्द्र कोइारालाले जनाएका छन् । शेयर दर्ता किताबमा आगामी जेठ १३ गतेसम्म कायम रहेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आगामाी साधारणसभामा भाग लिन तथा बोनस शेयर लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*