राधी विद्युत कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

३ जेष्ठ २०७८, सोमबार ११:५५

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभाांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

मिति २०७८/०२/०२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उक्त बोनस शेयर कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*