नेपालको कोरोना महामारी नियन्त्रण गर्न मेट लाइफ फाउण्डेशनद्वारा ५० हजार डलर सहयोग

३ जेष्ठ २०७८, सोमबार १३:५७

काठमाडौं । मेटलाइट फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई कोभिड–१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न र यसबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न अनुदान दिने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा पारिरहेको प्रभावलाई मध्यनजर गर्दै मेटलाइट फाउन्डेशनले ए.एन.एम.एफ लाई ५० हजार अमेरिकी डलर अनुदान प्रदान गर्ने भएको हो । ए.एन.एम.एफ. सन् १९९७ देखि नेपालमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

मुलुकभरी कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ । विभिन्न अस्पातहरुमा अक्सिजनको अभाव भएको समाचारहरु आइरहेका छन् । अक्सिजनको कमीले गर्दा मानवीय क्षति भइरहेको छ । उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा मेललाइट फाउन्डेशनको सो अनुदानले सहज हुने ए.एन.एम.एफ ले बताएको छ ।
ए.एन.एम.एफ का अनुसार देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सोह अनुदानले सहज हुने बताएको हो ।

‘आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हर सम्भव प्रयासहरु गरिरहेका छौं ।’ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइट विश्वास गर्दछ कि हामी सबै मिलेरयस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*