यी हुन नेप्सेमा आज धेरै कारोबार भएका १० कम्पनी, किन बढ्यो आकर्षण ?

३ जेष्ठ २०७८, सोमबार १५:२३

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा आज पनि नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज तीन लाख ९८ हजार ३०८ कित्ता शेयर कूल ६५ करोड ८९ लाख ३२ हजार ५०७ रपैयाँमा कारोबार भएको छ । हिजो ८५ करोडभन्दा बढिको शेयर कारोबार भएको सो कम्पनीको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । उक्त कम्पनीले बोनस शेयर दिन सक्ने भन्ने चर्चाको कारण सर्वाधिक कारोबार भइरहेको छ ।

दोस्रो नम्वरमा रहेको नेपाल टेलिकमको ४२ करोड २८ लाख ७४ हजार ३२ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, तेस्रो नम्वरमा शिखर इन्स्योरेन्सको शेयर कारोबार भएको छ । सो कम्पनीको ३१ करोड ५८ लाख २६ हजार १६१ रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएकोले सो कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।


त्यस्तै, अरुण कावेली पावर कम्पनीको २४ करोड ७९ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । पाँचौ नम्वरमा अपर तामाकोशीको २१ करोड भन्दा बढिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा बैंक, नेपाल पूर्वाधार बैंक (निफ्रा) को १८ करोड भन्दा बढिको शेयर कारोबार भएको छ । त्यस्तै हाइड्रो इलेक्ट्रीसिटी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी आज शेयर कारोबार रकमको आधारमा उच्च १० नम्वरमा पर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*