आज सबैभन्दा धेरै कमाउने र धेरै गुमाउने कम्पनी

३ जेष्ठ २०७८, सोमबार १५:५२

काठमाडौं ।  सोमबार नेप्से परिसूचक २०।७१ अंकले बृद्धि भई २७५९।२१ मा पुगेको छ ।  नेप्सेमा आज २ सय १८ कम्पनीको शेयर खरिदबिक्रि हुँदा ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ।

स्टकका अनुसार सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ । आज ११ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

रुरु जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त, राधी विद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, वरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।  मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशतको दरले बढेको छ ।

आज विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स र ज्योति विकास बैंकको सेयभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*