नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त

३ जेष्ठ २०७८, सोमबार १६:१८

काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो ।

सो कम्पनीले खत्रीलाई आजैका मितिबाट लागू हुने गरी सिइओमा नियुक्त गरेको हो । खत्री सोही कम्पनीमा निमित्त सिईओको भूमिका निर्वाह गर्दै आएका थिए । जीवन बीमा क्षेत्रमा साढे दुई दशकभन्दा बढि अनुभव प्राप्त खत्री कुशल बीमा प्रशासक मानिन्छन् । २६ वर्ष अघि सहायक स्तरको कर्मचारीबाट नेशनल लाइफ इन्स्योरेन्स छिरेका खत्री देशको तेस्रो ठूलो कम्पनीमा आगामी चार वर्ष सिईओ भएर बागडोर सम्हाल्नेछन् ।

सिईओमा नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै खत्रीले बीमा व्यवसायको दीगो विकास र बीमितलाई अधिकतम् लाभ दिने गरी टिमवर्कमा काम गर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*