बजेटअघि नै विश्वासको मत लिदै प्रम ओली, संसद बैठक बोलाउन तयारी

४ जेष्ठ २०७८, मंगलवार ०८:१०

काठमाडौं । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै संसदमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नयाँ सरकार गठन भएपछि हिजो बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेट अगावै विश्वासको मत लिने तयारीमा रहेका भन्दै छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संसदमा बहुमत पुर्याउन कठिन अवस्था र बजेट र नीति तथा कार्यक्रम पास गर्नुपर्ने साँघुरो समयसीमाका कारण प्रधानमन्त्री ओली दवावमा रहेको स्रोतको दावी छ ।

ओलीका सामू राष्ट्रपति संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पास गराएर जेठ १५ भित्रैमा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने चटारो समयसीमामा बाँधिएका छन् ।

संसदमा अल्पमतको सरकार भएकोले जेठ १५ अघि नै संसदमा अनिवार्य प्रस्तुत गर्नुपर्ने नीति तथा कार्यक्रम संसदबाट पारित हुने सम्भावना न्यून रहेको छ । विश्वासको मत नदिए राष्ट्रपतिबाट पुनः संसद विघटन गर्न सक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी मन्त्रिपरिषदमा दिएका छन् । विश्वासको मत लिनका लागि सम्भवतः एक÷दुई दिनभित्रैमा संसद आह्वान हुने बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*