नेप्सेमा सूचिकृत १० जीवन बीमा कम्पनीमा नेपाल लाइफ उत्कृष्ट, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

४ जेष्ठ २०७८, मंगलवार १२:१०

काठमाडौं । नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले सार्वजनिक वित्तीय विवरणलाई हेर्दा अधिंकाश सूचकमा सुधार देखिएको छ । सबै कम्पनीहरुको जीवन बीमा कोष, जीवन बीमा शुल्क तथा मुनाफा बृद्धि भएको देखिएको छ ।

नेप्सेमा सूचिकृत कम्पनीहरुको सूचांकको विश्लेषणमा प्रत्येक बर्ष झैं यस आर्थिक बर्षमा पनि नेपाल लाइफको नै अग्रता कायम भएको तथ्याङ्कले देखाएको छ । चुक्ता पूँजि सबैभन्दा धेरै सात अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको विस्तार, खुद बीमाशुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष लगायतको सूचक अग्रस्थानमा रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक आधारमा बीमा पोष्टले तयार पारेको रिर्पोट ।

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेको छ। जीवन बीमा कम्पनीहरुमा नै सबैभन्दा धेरै पुँजि भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीको हालको चुक्ता पुँजि ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजि २ अर्ब रुपैयाँ हुनु अनिवार्य गरिएको छ ।

सूचिकृत मध्ये एउटा कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्न बाँकी रहेको देखिएको छ । गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ । यस कम्पनीको चुक्ता पूँजी पनि सबैभन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै, प्राइम, सुर्या, रिलायन्स लाइफ, एशियन लाइफ, एलआइसी नेपाल र ज्योति लाइफले न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुराएका छन् ।

जीवन बीमाकोषको आधारमा
नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष र जगेडा कोषमा पनि नेपाल लाइफ अघि देखिएको छ ।
जीवन बीमा कोष र जगेडा कोषमा नेपाल लाइफले सबैभन्दा धेरै रकम संचित रहेको छ । नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब ७ अर्ब रुपैयाँ र जगेडा कोषमा अर्ब अर्ब १२ करोड रुपैयाँ रकम संचित रहेको छ ।


दोस्रोमा एलआईसी नेपालको सबैभन्दा धेरै ७७ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित रहेको छ । त्यसैगरी, जगेडा कोषमा ६१ करोड रुपैयाँ संचिती रहेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४० अर्ब रुपैयाँ जीवन बीमा कोषमा संचिती गर्न सफल भएको छ । जगेडा कोषमा भने नेशनल लाइफको ८१ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा जीवन बीमा कोषमा सबैभन्दा कम प्रभु लाइफको १ अर्ब ७५ करोड रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोषमा रिलायन्स लाइफको २० करोड ५७ लाख रुपैयाँ संचित रहेको छ ।

खुद मुनाफाको आधारमा
तेस्रो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत १० जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोडरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

नेप्सेमा सूचीकृत १० कमपनीमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ कम्पनीले यस अवधिसम्ममा ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै, नेशनल लाइफले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ भने सूर्या लाइफले २९ करोड १० लाख र प्राइम लाइफले २२ करोड ६३ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यसअवधिमा १० वटै कम्पनीको खुद नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा प्रभु लाइफ रहेको छ । कम्पनीको खुद नाफा १४८ दशमलव ३३ प्रतिशत ले बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

खुद बीमा शुल्कको आधारमा

तेस्रो त्रैमासको अवधिसम्मा सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको खुद बिमा शुल्क ३५ दशमलव ४९ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । दोस्रो बनेको कम्पनी एलआईसी नेपालले १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको समीक्षा अवधीमा आठ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।


रिलायन्स लाइफको खुद बिमा शुल्क भने सबैभन्दा धेरै वृद्धि भएको छ । यसको बिमा शुल्क १३१.४२% ले बढेर एक अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सूर्या लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, नेशनल लाइफको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा, प्राइम लाइफको १२ रुपैयाँ ६० पैसा र एशियन लाइफको १२ रुपैयाँ ७ पैसा रहेको छ । उल्लेखित तीन वटै कम्पनीको प्रतिशेयर आम्दानी लगभग समान छन् ।


नेपाल लाइफ, प्रभु लाइफको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ । सबैभन्दा कम भने रिलायन्स लाइफको ४ रुपैयाँ १७ पैसा कायम भएको छ ।

उल्लेखित तथ्याङ्कको विश्लेषण गर्दा सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिफल दिन भने नसकेको देखिएको छ । अन्य कम्पनीहरुको भन्दा झण्डै आधा प्रतिशेयर आम्दानी भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई नयाँ कम्पनी प्रभु लाइफले टक्कर दिन आइपुगेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*