सुनको मूल्य लगातार बढ्दै, मंगलबार तोलामा ६०० रुपैयाँले बढोत्तरी

४ जेष्ठ २०७८, मंगलवार १२:०५

काठमाडौं । पछिल्लो दिनयता सुनको मूल्य बढेको छ । सुनको मूल्य दैनिक बढेर आकाशिएको छ । सोमबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य आज मंगलबार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तोलामा ६ सय रुपैंया बढेर छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आजको दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५९० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*