नागरिक लगानी कोषको वित्तीय विवरण सार्वजनिक, अधिकांश सूचकमा सुधार

४ जेष्ठ २०७८, मंगलवार १२:४०

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वषको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्म ५६.०४ प्रतिशतले बढि खुद मुनाफा कमाएको छ । चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो । लगानी कोषको खर्च न्यून दरमा बढेपछि खुद नाफामा सुधार देखिएको हो ।

त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ४०.५७ प्रतिशत बढेको छ भने कुल खर्च १.९६ प्रतिशत मात्र बढेको छ । कोषको चुक्ता पूँजी १२३.०८ प्रतिशत बढेर ३ अर्ब रुपैयाँ पुगेको भने कोषको जगेडा कोषको आधार ८३.०३ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*