नेप्से ३४ अंकले बढ्यो, जीवन बीमा समूहको कारोबार उच्च

४ जेष्ठ २०७८, मंगलवार १५:४५

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ३४ दशमलव ६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से बढेको हो । हिज नेप्से परिसूचक २०.७१ अंकले बढेको थियो ।

आज २१५ कम्पनिले दुई करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर किनबेच गर्दा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै समूहमा हरियाली कायम भएको छ । सबैभन्दा जीवन समूहमा २०४.१४ अंकले बढेर उच्च कारोबार भएको हो । त्यसपछि होटल तथा पर्यटन समूहमा २००.१८ अंकले बढेको छ । लगतै विकास बैंक समूहमा पनि १००.४६ अंकले कारोबार बढेको छ ।

त्यसबाहेकका अन्य कम्पनीहरुमा बैंकिङ समूहमा ४.७१ अंक, उत्पादन समूहमा ७६.८ अंक, जलविद्युत् समूहमा ९६.९८ अंक, वित्त समूहमा ८०.५५ अंक, निर्जीबन समूहमा ८१.०७ अंक, अन्य समूहमा १६.५१ अंक, लघुवित्त समूहमा ८५.४१ अंक, म्युचुअल फण्डमा ०.०६ अंक र लगानी समूहमा २.८५ अंकले बढेर हरियाली कायम भएको हो ।

त्यस्तै आज उत्पादन तथा प्रशोधन समूहमा भने गिरावट आएको छ । उक्त समूहमा ५.२८ अंकले गिरावट आएर रातो अंकमा परिणत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*