शेयर धितोमा ७० प्रतिशतसम्म ऋण लिने पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

४ जेष्ठ २०७८, मंगलवार १६:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिमाथि समीक्षा गर्दै केन्द्रीय बैंकले शेयर धितोमा ऋण लिन चाहनेलाई १८० दिनको औसत मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

आज जारी मौद्रिक नीतिमा भनिएको छ, मार्जिन प्रकृतिको कर्जा सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ, सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*