राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक, कोभिडमा ऋणीमाथि राहत, जरिवना लिन र धितो लिलाम गर्न नपाइने

४ जेष्ठ २०७८, मंगलवार १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीमा ऋणीहरुलाई राहत प्याकेज सहितका मौद्रिक नीतिमाथि सामान्य संशोधन गरेको छ । जस अनुसार कोरोना महामारीको समयमा ऋणीहरुमाथि कुनै प्रकारको अतिरिक्त शुल्क, जरिवना तथा पेनाल्टी लिन नपाइने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकद्वारा आज सार्वजनिक गरेको मौद्रिक नीति अनुसार कोरोना महामारीको समयमा घोषणा गरिएको निषेधाज्ञा अवधीभरका लागि कुनै पनि ऋणीको धितो लिलाम गर्न पाइने छैन । केन्द्रीय बैंकले कोरोना महामारीमा ऋणको किस्ता र ब्याज भुक्तानी गर्ने ऋणलाई छुट प्रदान गर्ने समेतको व्यवस्था गर्ने जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा देशको आर्थिक बृद्धिदर ४ प्रतिशतबाट पनि तल झर्न सक्ने अनुमान गरिएको छ । यसअघि ४ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य लिइएकोमा हालको कोभिड महामारीका कारण अझै घट्ने आशंका केन्द्रीय बैंकको छ । त्यस्तै, मुद्रास्फीर्ति दर नियन्त्रित रहेको र शोधानान्तरस्थित बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधीमा निर्यात २० प्रतिशत र आयात १३ प्रतिशतले बृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*