लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प, घरहरु भत्किए, काठमाडौंमा समेत धक्का

५ जेष्ठ २०७८, बुधबार ०७:३५

काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले मध्ये नेपालका अधिकांश भागहरुमा धक्का महसुस गरिएको छ ।

लमजुङ सदरमुकाम बेशीशहरबाट उत्तरतर्फ बाझाखेत र भुलभुलेको सीमामा केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प यसअघि गोरखा केन्द्रबिन्दु भई गएको ७.९ रेक्टरस्केलको भुकम्पको पराकम्प नभई छुट्टै भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शक्तिशाली भुकम्पका कारण राजधानी काठमाडौं समेत एकाविहानै हल्लिएको थियो । काठमाडौंदेखि पश्चिम नेपालगन्जसम्म भुकम्पको धक्का महसुस गरिएको लम्जुङ, धादिङ तथा तनहु जिल्लामा निकै ठूलो धक्का पुगेको छ ।


भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । यद्यपि केही घरहरु भत्किएको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । भुकम्पबाट लम्जुङको चनौटेमा एक घर भत्किएको छ । सो घटनामा एक जना घाइते छन् । बाँकी विवरण आउन बाँकी छ ।

भुकम्प बीमा कम्पनीहरुको लागि सबैभन्दा जोखिम मानिन्छ । आजको भूकम्पमा घर तथा भवनहरुमा पुगेको क्षतिको बीमा दावी पर्ने सम्भावना देखिन्छ । घर तथा भवनहरुमा ठूलो क्षति पुगेको खवरर नआएकोले दावी परेपनि न्यून मात्रै हुने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*