तीन घण्टाभित्र लमजुङमा तीन भुकम्प, तेस्रो पटक ५.३ म्याग्निच्यूटको धक्का

५ जेष्ठ २०७८, बुधबार ०९:३१

काठमाडौं । आज विहानै शक्तिशाली भुकम्प गएको लम्जुङमा केहीबेर अघि तेस्रो पटक शक्तिशाली धक्का दिएको छ । तीन घण्टाको बीचमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को बाँझाखेत र भुलभुले आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

विहान ५ः४२ बजे लमजुङको बाँझाखेत र भुलभुलेको सीमानामा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्यूटको भुकम्प गएको थियो । दोस्रो भुकम्प ८ः१६ मिनेटमा ४.० म्याग्निच्यूटको भुकम्प गएको केन्द्रले जनाएको छ । तेस्रो भुकम्प ८ः२६ मिनेटमा पहिलो भुकम्पभन्दा केही पूर्व दक्षिण सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भुकम्प गएको हो ।

लगातार भुकम्पको धक्कापछि लमजुङको सदरमुकाम बेशीशहर लगायतका स्थानमा सर्वसाधारण त्रसित बनेका छन् । पहिलो भुकम्पमा राजधानी काठमाडौंसम्म धक्का महसुसस गरिएको थियो ।


भुकम्पबाट केही स्थानीयबासीहरुकोे घरहरु भत्किएको समाचारहरु आइरहेका छन् । हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन । भुकम्प बीमा कम्पनीहरुका लागि बढि जोखिम भएको प्राकृतिक प्रकोप हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*