सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण गर्ने

५ जेष्ठ २०७८, बुधबार ११:०८

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस  वितरण गर्ने भएको हो ।

कम्पनीको २०७८ वैशाख ४ गते प्रधान कार्यालयको संयोजनमा ‘जुम एप’ मार्फत् बसेको संचालक समितिको ३०० औं बैठकबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय भएको हो ।

बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*