नेप्से १३ अंकले घट्यो, ५ समुह बाहेक सबै राताम्य

५ जेष्ठ २०७८, बुधबार १६:०८

काठमाडौं । आज बुधबार नेप्से १३ दशमलव ९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । घटेर मंगलबारको तुलनामा नेप्से ह्वात्तै घटेको हो । हिज नेप्से ३४ दशमलव ६८ अंकले बढेको थियो ।

आज बुधबार २१४ कम्पनिले दुई करोड ५१ लाख २१ हजार ५५३ कित्ता शेयर किनबेच गर्दा ११ अर्ब ९५ करोड ८ लाख ४११ रुपैयाँको कारोबार भएको छ ।

आज ५ समूह बाहेक अन्य समूहमा राताम्यमा परिणत भएको छ । आज उत्पादन समूहमा सर्वाधिक ३५.७२ अंकले उच्च कारोबार भएको छ । त्यसलगत्तै बैंकिङ समूहमा ७.३४ अंक, होटल तथा पर्यटन समूहमा १४.१२ अंक, वित्त समूहमा १.८५ अंक, म्युचुअल फण्डमा ०.०७ अंकले बढेर पाँच समूहमा हरियाली कायम भएको हो ।

त्यसबाहेका अन्य समूह आज राताम्य भएको छ । विकास बंैक समूहमा ५१.९८ अंक, जलविद्युत् समूहमा ६०.६३ अंक, निर्जीबन समूहमा १५७.९४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६६.३९ अंक, अन्य समूहमा २७.६२ अंक, लघुवित्त समूहमा ८.६ अंक, लाईफ इन्स्योरेन्स समूहमा २८.९२ अंक र लगानी समूहमा १.८६ अंकले आज घटेर गिरावट आएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*