सर्वाधिक कारोबारमा परे दुई बीमा कम्पनी, तीन कम्पनीको सवा अर्बको कारोबार

५ जेष्ठ २०७८, बुधबार १६:२९

काठमाडौं । आज नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीमा दुई बीमा कम्पनी परेको छ । एक साताभन्दा बढि समयदेखि सर्वाधिक करोबारको सूचिमा रहेको नेपाल पुनर्बीमा कम्पनी आज पनि पहिलो नम्वरमै पर्न सफल भएको छ भने दोस्रो नम्वरमा नेशलन लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । टप १० को सूचिमा सगरमाथा इन्स्योरेन्स कम्पनी पनि परेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेकोले सो कम्पनीको शेयर कारोबार ह्वात्तै बढेको हो ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । टप १० मा पाँचौं नम्वरमा परेको सगरमाथा इन्स्योरेन्स कम्पनीको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज टप १० मा परेका तीन कम्पनीको मात्रै एक अर्ब २३ करोड ३८ लाख रुपैयाँको कारोवार भएको छ ।

आज सर्वाधिक कारोवार हुने कम्पनीहरुमा नेशलन हाइड्रो पावर, राधी हाइड्रोपावर र सेन्चुरी कमर्सियल बैंक रहेका छन् । टप १० को सूचिमा १० औं नम्वरमा परेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*