ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आजै मात्र २४६ जनाको मृत्यु

५ जेष्ठ २०७८, बुधबार १६:४३

काठमाडौं । विगत एक सातादेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घटिरहेको नेपालमा बुधबार त्यस्तो संख्या ह्वात्तै बृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभरिमा २४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८१७३ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयले आज आयोजना गरेको नियमत पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*