सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

५ जेष्ठ २०७८, बुधबार २०:५८

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ ।

बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस दर स्वीकृत भएको हो । सो कम्पनीको नयाँ बोनसदर गत बैशाख ३१ गते स्वीकृत भएको सन नेपाल लाईफले जनाएको छ ।

घोषित बोनसदर अनुसार सन नेपाल लाईफ सावधिक जीवन बीमालेखमा नौ वर्षसम्म अवधीसम्मको पोलिसीका लागि प्रतिहजार ३० रुपैयाँ देखि २५ वर्ष वा सो भन्दा माथि अवधीका लागि ७५ रुपैयाँ बोनस दर तोकिएको छ । त्यस्तै, भाग्योदय बीमालेखमा पनि अवधीका आधारमा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर तोकिएको छ ।

कम्पनीले बिक्री गरेको बाल समृद्ध जीवन बीमालेख, नवीन आजीवन जीवन बीमा लेखमा पनि न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिवर्ष तोकिएको छ । त्यस्तै, सार्थक आजीवन बीमालेख १५ वर्षे अवधीको अग्रिम भुक्तानीको बीमालेखमा प्रतिहजार ३८ रुपैयाँ प्रतिवर्ष तोकिएको छ । कम्पनीले जारी गरेको अग्रिम भुक्तानी तथा सीमित अवधी भुक्तानी सावधिक बीमा योजनाहरुमा न्यूनतम् २२ देखि ३२ रुपैयाँ प्रतिहजार प्रतिवर्ष बोनस पाउने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री गरेको कूल २१ हजार भन्दा बढि बीमालेखमा प्रतिहजार ४३ रुपैयाँ बोनस पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*