नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

५ जेष्ठ २०७८, बुधबार २१:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् ।

हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त भएका खत्रीले आजैबाट पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।

बैशाख १९ गते बीमा समिति समक्ष स्वीकृतिका लागि पेश गरेकोमा बीमा समितिले यही जेठ ३ गते सिईओमा नियुक्त गर्न अनुमति दिएको थियो । पदभार ग्रहण गर्दै कम्पनीलाई देशकै पहिलो कम्पनी बनाउने प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत पुस ३ मा प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि कम्पनीको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्री नै कामु सिईओको जिम्मेवारीमा थिए ।

२०५१ सालमा एक्जुकेटिभ सहायकबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्दै बीमा कम्पनीमा सेवा सुरु गरेका खत्री अन्ततः २६ वर्षपछि सोही कम्पनीको कार्यकारी पद सिईओमा नियुक्त भई कार्य प्रारम्भ गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*