कोरोना संक्रमणबाट काठमाडौं प्रहरीका डिएसपीको निधन

६ जेष्ठ २०७८, बिहीबार ०८:१४

काठमाडौं । राजधानी काठमाडौंबासीलाई कारोना भाइरसबाट जोगाउन निषेधाज्ञा पालना गराउन खटिदै आएका नेपाल प्रहरीका डिएसपीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका उनको आज विहान निधन भएको हो ।

काठमाडौंको कागेश्वरी मनोहर घर भएका उनी नेपाल प्रहरीभित्रका इमान्दार र कर्तव्यनिष्ट प्रहरी अधिकृत मानिन्थे । उनलाई १५ दिन अघि कोरानो भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*