सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ २८ मा, बोनस शेयरसहित १५ प्रतिशत लाभांश पारित हुने

६ जेष्ठ २०७८, बिहीबार १०:५६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही जेठ २८ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सो कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं बार्षिक साधारणसभाको मिति तय गर्दै बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीले आव २०७६।०७७ को सञ्चालन मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने निर्णय साधारणसभामा पेश हुँदैछ ।

कम्पनीले कूल चुक्ता पुँजिको १२ प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगदसहित कूल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । सो आधारमा जेठ १३ गतेसम्म कायम शेयर धनीले साधारणसभामा भाग लिन तथा वितरित मुनाफा लिन पाउनेछन् ।

साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने तथा लेखा परिक्षक नियुक्त गर्ने जस्ता नियमित प्रस्तावहरु समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

s

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*