नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

६ जेष्ठ २०७८, बिहीबार १४:२६

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना अभिकर्ताको निधनसहित यो साता मात्रै पाँच जना अभिकर्ताले ज्यान गुमाएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स धनगढी शाखामा सिनियर एजेन्सी म्यानेजर नारायण लम्सालको कोरोना भाइरसको कारण निधन भएको खवर प्राप्त भएको छ । निकै सफल बीमा व्यवसायी लम्सालको निधनमा सुदुर पश्चिम क्षेत्रका बीमाकर्मीहरु स्तब्ध बनेको समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बुटवलस्थित शाखा कार्यालयमा कार्यरत महेन्द्र पौडेलको कोरोना भाइरसबाट यही जेठ १ गते निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको जनाइएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका दाङको तुलसीपुर शाखामा कार्यरत अभिकर्ता महेन्द्रराज शर्माको कोरोना भाइरसको कारण निधन भएका छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकै इलाम शाखामा कार्यरत रेशम बहादुर बराइलीको दुई दिन पहिले निधन भएको छ । बराइली सुदुर पूर्वका निकै लोकप्रिय बीमा व्यवसायी तथा समाजसेवा तथा राजनीतिमा समेत सक्रिय व्यक्ति हुन् ।

कोरोना महामारीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत चार जना अभिकर्ताको कोरोना भाइरसको संक्रमण पश्चात निधन भइसकेको छ ।

यसैबीच, यही जेठ २ गते एशिन लाइफ इन्स्योरेन्स कम्पनीको हरिऔन शाखामा कार्यरत एजेन्सी म्यानेजर दीपक कुमार खनालको सवारी दुर्घटनामा निधन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*