रुरु हाइड्रोको शेयर मूल्यमा ब्रेक लाग्यो, ११७० पुगेर घट्यो शेयरको मूल्य

६ जेष्ठ २०७८, बिहीबार १४:४८

काठमाडौं । विगत १३ दिनदेखि लगातार सर्किट लागेर बढिरहेको रुरु हाइड्रोपावरको शेयर मूल्यबृद्धिमा ब्रेक लागेको छ । सुरुमा नै १२० रुपैयाँ लगानीकर्तासँग लिइएको उक्त आईपिओ जम्मा ११७० रुपैयाँ पुगेर ब्रेक लागेको हो ।

१४ औं दिन आज कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । हिजो सर्किट लागेर ११७० रुपैयाँ पुगेको शेयर आज पनि सर्किट लाग्ने विश्वासमा लगानीकर्ताहरु थिए । तर, शेयर मूल्य घटेपछि ह्वात्तै बिक्री गर्नेहरु बढेका कारण १२ हजार कित्ता भन्दा बढि कारोबार भएको छ ।

सूचीकृतपछि पहिलो कारोबार ३५६ रुपैयाँमा भएको थियो । त्यही दिन बढेर ३८४ रुपैयाँ पुगेको थियो । १३ दिनसम्म लगातार बढेको सो हाइड्रोपावरको मूल्य साताको अन्तिमसम्म आईपुग्दा नेपालका सबै जलविद्युत कम्पनीको भन्दा माथि नै छ । अपरान्ह ११०७ रुपैयाँसम्ममा कारोबार भएको शेयर विस्तारै सम्हालिँदै १११० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार ६ करोड १३ लाख १२ हजार रुपैयाँ नाफामा छ । कम्पनीले बिजुली बिक्री गरेर १२ करोड रुपैयाँ कमाइ गरेको छ ।

३६ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको रुरुको जगेडा कोषमा १२ करोड २७ लाख रुपैयाँ छ ।
यसअघि महिला लघुवित्त वित्तीय संस्थाको आईपिओको मूल्य बढेर ५४९३ रुपैयाँसम्म पुगेर पुनः घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*