२८०० नजिकै नेप्से, झण्डै १० अर्बको कारोबार

६ जेष्ठ २०७८, बिहीबार १५:१५

काठमाडौं साताको अन्तिम दिन नेपाल स्कट एक्सचेन्जमा शेयर मूल्य परिसूचक २८०० नजिकै पुगेको छ । बिहिवार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ पुगेको छ ।

बिहिवार कूल नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँको कारोबार भएको छ । कूल २१४ वटा कम्पनीको शेयर कारोबार भएकोमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित क्षेत्र मात्रै हरियो देखिएका छन् भने बाँकी सबै राताम्मे छन् ।

आज कूल दुई करोड एक लाख ३३ हजार ६०२ कित्ता शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*