प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

६ जेष्ठ २०७८, बिहीबार १५:३९

काडमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा बिहिवार डिजिटल माध्यमबाट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष कुसुम लामाको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद सहित कूल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६।०७७ को मा आर्जित मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभाले वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै अन्य वित्तीय विवरणहरु समेत पारित गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रवन्धपत्रको दफा घ मा कम्पनीको उद्देश्य अन्तर्गत सामुहीक लगानी कोष योजना संचालन गर्ने गराउने विषय पनि थप गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । त्यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*